मेन्यू

प्रयोग गर्ने तरिकाको बारेमा जानकारी

लक्षित व्यक्ति

ओसाका नगर भित्र बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरका बालबालिकाको पालनपोषण गरिरहेका सम्पूर्ण परिवार

सर्भिस प्रयोग गर्ने बेला सम्मको चरणबद्ध प्रक्रिया

  1. STEP प्रयोगकर्ता दर्ता

    तल "प्रयोगकर्ता दर्ताको लागि यहाँ" बाट चेक गर्नुहोस्।
    ※प्रयोगकर्ता दर्ता पुरा भए पछि सूचना पठाएर जानकारी दिइने छ।

  2. STEP प्रयोगको लागि बुकिङ्ग

    सेवा लिन चाहेको मिति, समय र सेवा प्रदायक कम्पनी निश्चित गरिसके पछि, माई पेजबाट बुकिङ्ग गर्ने
    ※प्रयोगको लागि बुकिङ्ग खुल्ला हुने समयको बारेमा, छुट्टै सूचना पठाएर जानकारी दिइने छ।

  3. STEP प्रयोग

    सर्भिसको प्रयोग
    सेवा शुल्क तिर्ने

STEP1 प्रयोगकर्ता दर्ता

तल "प्रयोगकर्ता दर्ताको लागि यहाँ" बाट प्रयोगकर्ता दर्ताको लागि निवेदन दिनुहोस्।
सचिवालयमा सबै रुजू गरी, तपाईले दर्ता गर्नु भएको ईमेल ठेगानामा त्यसको नतिजाको सूचना पठाइने छ।

<ध्यान दिनु पर्ने कुराहरु>
  • भर्नु भएको विवरणको बारेमा केही कुरा बुझ्नु परेको अवस्थामा, रजिष्टर गरेको ईमेल ठेगानामा मेल मार्फत जानकारी दिइने छ।
  • सुत्केरी हुने सम्भावित मिति भन्दा 2 महिना अगाडिबाट प्रयोगकर्ता दर्ता गर्न सकिन्छ।
छुट वा मिनाहको लागि निवेदनको बारेमा जानकारीको लागि यहाँ

STEP2 प्रयोगको लागि बुकिङ्ग

सेवा लिन चाहेको मिति, समय र सेवा प्रदायक कम्पनी निश्चित गरिसके पछि, माई पेजबाट बुकिङ्ग गर्ने
※प्रयोगको लागि बुकिङ्ग खुल्ला हुने समयको बारेमा, छुट्टै सूचना पठाएर जानकारी दिइने छ।

<ध्यान दिनु पर्ने कुराहरु>
  • ・छुट वा मिनाहको सुविधा लिनको लागि, प्रयोगको लागि बुकिङ्ग गर्ने बेला सम्ममा, निवेदन तथा छानबिन पुरा भइसकेको हुनु आवश्यक छ।
  • ・बुकिङ्गको लागि निवेदन दिए पश्चात्, बुकिङ्ग प्राप्त भएको सूचना ईमेलमा पठाइने छ। बुकिङ्गको नतिजाको बारेमा पछि छुट्टै ईमेल मार्फत जानकारी दिइने छ।
  • ・प्रयोग गर्न चाहेको मितिको 2 महिना अगाडि देखि 10 कार्यालय दिनअगाडि सम्मको मिति बुकिङ्ग गर्न सकिन्छ।
  • ・प्रयोगकर्ता दर्ता विवरणमा, "सुत्केरी हुने सम्भावित मिति" भरेको बच्चा, जन्मि सकेको अवस्थामा, विवरण परिवर्तनको लागि निवेदन दिएर, शिशुको विवरण अग्रिम रुपमा दर्ता गरी सके पछि मात्र, निवेदन दिनुहोस्। सुत्केरी पश्चात, शिशुको विवरण दर्ता नभएको अवस्थामा, प्रयोगको लागि बुकिङ्ग गर्न सकिँदैन।
  • ・प्रयोगकर्ता दर्ताको विवरणको बारेमा, ठेगाना र परिवार सदस्यको विवरण आदिमा परिवर्तन भएको अवस्थामा अनिवार्य रुपले, विवरण परिवर्तनको लागि निवेदन दिएर, विवरण परिवर्तन गरे पछि मात्र, प्रयोगको लागि बुकिङ्गको निवेदन दिनुहोस्।
  • ・भ्रमण गर्न सक्ने बाँकी समय भन्दा बढी हुने गरी बुकिङ्ग गर्न मिल्दैन। भ्रमण गर्न सक्ने बाँकी समय यकिन गरी, बुकिङ्ग गर्नुहोस्।
  • ・सेवा शुल्क छुट वा मिनाहको सुविधा लिन इच्छुक व्यक्तिले, अग्रिम रुपमा, सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन दिई, स्वीकृति पत्र लिइसकेपछि, निवेदन दिने गर्नुहोस्। प्रयोगको लागि बुकिङ्गको निवेदन पश्चात, उक्त बुकिङ्गको बारेमा, सेवा शुल्क छुट वा मिनाह लागू हुने छैन।

STEP3 प्रयोग

भ्रमण गरी सहयोग गर्ने सर्भिसको प्रयोग
सेवा शुल्क तिर्ने

<ध्यान दिनु पर्ने कुराहरु>
  • बच्चाको जिम्मा लिने वा बेबीसिटरको काम गरिने छैन। अभिभावक र बच्चा घरमा हुनु अनिवार्य छ।
  • सेवा शुल्क तिर्ने बारेमा, सेवा प्रदायक कम्पनीको सूची हेर्नुहोस्।

सहयोगको मेन्यू

घरायसी कामकाजमा सहयोग मेन्यू

家事支援内容 खानेकुराको तयारी, खाना पछि सरसफाइ तथा भाँडा माझेर मिलाउने (खाना पकाउने, खाना पस्कने, भाँडाकुँडा माझ्ने)
लत्ताकपडा धुने (धुने, सुकाउने, पट्याउने, दराज आदिमा मिलाएर थन्काउने)
कोठाको सरसफाइ, सामानहरु मिलाउने (भ्याक्यूम क्लिनर प्रयोग गरी सरसफाइ, भूईँ पुछ्ने, दैनिक प्रयोग हुने सामानहरु मिलाउने र थन्काउने, पत्रपत्रिका आदिलाई मिलाउने थन्काउने)
जीवनयापनको लागि आवश्यक सामानहरु किनमेल गर्ने (नजिकको सुपरमार्केट, कन्भिनियन्स स्टोर आदि स्थानमा किनमेल गर्न सक्ने उपभोग्य बस्तु र खाद्य पदार्थको किनमेल)

बालबच्चा हेरचाह सहयोग मेन्यू

बालबच्चा हेरचाह सहयोग, अभिभावकको निगरानीमा गरिने छ।

बालबच्चा हेरचाह सहयोगको विवरण बालबालिकाको स्याहार (लुगा फेरी दिने, सुताउने, घर भित्र सँगै खेल्ने साथी)
दूध खुवाउने, खाना खुवाउन सघाउने (पाउडर दूधबाट दूध बनाउने, दूध पिलाउने बोटल उमालेर सफा गर्ने, निर्मलीकरण, मिलाएर थन्काउने, आमाको स्तन दूधलाई पगाल्ने, तताउने )
डायपर फेर्ने (डायपर फेर्नको लागि आवश्यक सामानको तयारी, डायपर फेर्ने, निकालेको पेपर डायपरलाई फाल्ने वा नष्ट गर्ने)
नुहाउन सघाउने (बेबी बाथको तयारी, थन्काउने, तातोपानी खनाइ दिने, शिशुको शरीर पुछ्ने, लुगा लगाइ दिने)
बच्चाको दाजुभाइ दिदीबहिनीलाई शिशु स्याहार केन्द्रमा पुर्‍याउने, लिन जानेमा सहयोग (पैदल हिँडेर वा सार्वजनिक यातायात प्रयोग गरेर, 3 वर्षको शिशु देखि प्राथमिक विद्यालयको तल्लो तहमा पढ्ने बच्चालाई शिशु स्याहर केन्द्र वा स्कूलमा पुर्‍याउने अनि लिन जाने) यो सेवा मात्र प्रयोग गर्न मिल्दैन
साथमा जाने सहयोग (पैदल हिँडेर वा सार्वजनिक यातायातको साधन प्रयोग गरेर, सरकारी कार्यालयमा गरिने प्रक्रिया वा शिशुको स्वास्थ्य परीक्षण, शिशुलाई खोप लगाउने जस्ता कार्यको लागि अभिभावकसँगै साथमा जाने आउने)

प्रयोग गर्ने समय

8:00~20:00
प्रयोग गर्न सक्ने 1 दिनमा 1 पटक, 1 पटकमा 2 घण्टा, 3 घण्टा, 4 घण्टा मध्ये कुनै एक
सोमवार देखि आइतवार सम्म〈नयाँ वर्षको बिदा (डिसेम्बर 29 देखि जनवरी 3 तारिख सम्म) बाहेक〉

सेवा शुल्क र छुट वा मिनाहको लागि प्रक्रिया

<सेवा शुल्क>

1 घण्टाको 1500 येन
सामाजिक सुरक्षा भत्ता (सेइखाचुहोगो) लिँदै आएको परिवार, नगरपालिका कर मिनाह परिवारको हकमा, छुट वा मिनाहको लागि निवेदन दिएमा निःशुल्क हुने

  1. सेवा प्रदायक कम्पनीलाई प्रयोग गर्ने समयको सेवा शुल्क तिर्नु पर्छ।
  2. तिर्ने तरिका, सेवा प्रदायक कम्पनी अनुसार फरक हुने भएकोले, अग्रिम रुपमा यकिन गर्नुहोस्।
  3. तोकिएको दिन नाघि सके पछिको बुकिङ्ग क्यान्सिलको सम्बन्धमा, क्यान्सिल शुल्क लाग्ने छ।
  4. सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार / नगरपालिका कर मिनाह परिवारले, सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन दिन सक्नुहुन्छ। छुट वा मिनाहको निवेदन दिनको लागि प्रमाणित गर्ने कागजातहरु (सामाजिक भत्ता लागू प्रमाणपत्र वा कर प्रमाणपत्र आदि) पेश गर्नु आवश्यक छ।

प्रयोग गर्ने समय数

0 वर्ष जन्मेको दिन देखि 1 वर्ष भन्दा मुनीको बच्चा कूल 40 घण्टा
1 वर्ष 1 वर्ष देखि 2 वर्ष भन्दा मुनी कूल 20 घण्टा
2 वर्षको बच्चा 2 वर्ष देखि 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च महिनाको 31 तारिख सम्म कूल 20 घण्टा
0 वर्ष जन्मेको दिन देखि 1 वर्ष भन्दा मुनीको बच्चा
कूल 40 घण्टा
1 वर्ष 1 वर्ष देखि 2 वर्ष भन्दा मुनी
कूल 20 घण्टा
2 वर्षको बच्चा 2 वर्ष देखि 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च महिनाको 31 तारिख सम्म
कूल 20 घण्टा

लक्षित बालबालिकाहरु एक भन्दा बढी भएका परिवारको हकमा, प्रत्येक बालबालिकाले प्रयोग गरेको समयलाई जोडेर आएको कूल समय (घण्टा) को रुपमा गणना गरिने छ।

प्रायः सोधिने प्रश्नहरु प्रयोगकर्ता दर्ताको लागि यहाँ