प्रायः सोधिने प्रश्नहरु
सर्भिसको बारेमा
प्रणाली /संक्षिप्त रुपरेखा
- प्रयोग गर्न सकिने सर्भिसहरु कुन कुन हुन?
- घरायसी कामकाज / बालबच्चा हेरचाह सहयोगको क्षेत्र देहाय अनुसार छन्
〇घरायसी कामकाजमा सहयोग
・खानेकुरा तयारी तथा खाना पछिको सरसफाइ
・लताकपडा धुने
・सुत्ने कोठा आदिको सरसफाइ, सामानहरु मिलाउने
・जीवनयापनको लागि आवश्यक सामानहरु किनमेल
・अन्य दैनिक रुपमा गर्नु पर्ने घरायसी काममा सहयोग
〇बालबच्चा हेरचाह सहयोग
・दूध खुवाउने / शिशु आहार खुवाउन सघाउने
・डायपर फेर्ने
・नुहाइ दिन सघाउने
・बच्चाको दाजुभाइ, दिदीबहिनीलाई शिशु स्याहार केन्द्रमा पुर्याउने र लिन जाने सहयोग
・अन्य दैनिक रुपमा गर्नु पर्ने बालबालिका हेरचाहको सहयोग
※विस्तृत विवरणको लागि "प्रयोग निर्देशिका" हेर्नुहोस्
- बालबालिका पालनपोषण सहयोगी हेल्पर आपूर्ति गर्ने कार्यक्रम भनेको के हो?
- "ओसाका नगरको बालबालिका पालनपोषण सहयोगी हेल्पर आपूर्ति कार्यक्रम" भनेको, ओसाका नगरमा बसोबास गर्ने 0 वर्ष देखि 2 वर्षको बालबच्चाको पालनपोषण गरिरहेका सम्पूर्ण परिवारले प्रयोग गर्न सकिने घरायसी / बालबच्चा हेरचाह सहयोगको लागि भ्रमण गरेर दिने सेवा हो। बालबच्चा हेरचाहमा बढी भार पर्ने 0 वर्ष देखि 2 वर्षको बालबच्चाहरु पालनपोषण गर्ने परिवारलाई लक्षित गरी दिने सहयोगलाई बढावा दिई, ढुक्क भएर बालबालिका हुर्काउने वातावरण निर्माण गर्ने उद्देश्य लिएको छ
- बालबालिका हेरचाह सहयोगी हेल्पर आपूर्ति गर्ने कार्यक्रम, ओसाका नगरले संचालन गरिरहेको कार्यक्रम हो?
- ओसाका नगरपालिका कार्यक्रम संचालक हो। कार्यक्रम संचालन र व्यवस्थापन तथा भ्रमण सहयोग कार्यक्रम छुट्टा छुट्टै निजी सेवा प्रदायक कम्पनीलाई ठेक्का दिइरहेको छ।
- ओसाका नगर बाहेक अन्य स्थानीय निकायहरुमा पनि बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्पर आपूर्ति कार्यक्रम संचालन भइरहेको छ?
- ओसाका नगर बाहेक अन्य स्थानको नीतिहरु के कस्तो छ हामीलाई थाहा छैन। माफ गर्नुहोला। सम्बन्धित स्थानीय निकायमा सम्पर्क गरी सोधपुछ गर्नुहोस्
- भ्रमण सहयोग लिने बेलामा ध्यान दिनु पर्ने कुराहरु छन् कि?
- भ्रमण गरी सहयोग गर्ने सर्भिस प्रयोग गर्ने बेलामा ध्यान दिनु पर्ने कुराहरु देहाय अनुसार छन्
・अभिभावक तथा लक्षित बालबालिका अनुपस्थित भएको बेलामा, यो सहयोग पाउने छैन। भ्रमण गर्ने दिन अनिवार्य रुपले घरमा बस्नुहोस्।
・भ्रमण गरी सहयोग गर्ने समयको बारेमा, लक्षित बालबालिकाको उमेर अनुसार अधिकतम सीमा तोकिएको छ। अधिकतम सीमाको घण्टा नाघ्ने गरी भ्रमण बुकिङ्ग गर्न सकिँदैन।
・निश्चित व्यक्तिलाई हेल्पर चयन गर्न सकिँदैन
・बुकिङ्गको अवस्था हेरी, तपाईले इच्छाएको भ्रमण सेवा प्रदायक कम्पनीको व्यक्ति भ्रमण गर्न नसक्ने अवस्था पनि छ
・सहयोग गर्ने विवरण भन्दा बाहिरको मागलाई स्वीकारिने छैन
・भ्रमण गर्ने दिन वा एक दिन अगाडिको कार्यालय समय साँझ ५ बजे पछि बुकिङ्ग क्यान्सिल गरेमा वा सो दिन घरमा नभएर सेवा प्रदान गर्न नसकेको अवस्थामा, क्यान्सिल शुल्क तिर्नु पर्ने हुन्छ
※भ्रमण गरी सहयोग गर्ने सर्भिसको बारेमा विस्तृत जानकारीको लागि होमपेजको "प्रयोग विधि बारेको जानकारी" हेर्नुहोस्
- यो सेवा अन्तर्गत गर्न नहुने कार्य के के हो?
- भ्रमण गरी सहयोग गर्ने सर्भिस अन्तर्गत, गर्न नमिल्ने कार्यहरुको बारेमा, होमपेजको "प्रयोग गर्ने तरिकाको जानकारी" हेर्नुहोस्। तल केही उदाहरणहरु
・अभिभावक अनुपस्थित (हेल्पर घरमा आइपुगे पछि घरबाट बाहिर निस्कने समेत) को अवस्थाको सहयोग
・भोज / पार्टीको लागि तयारी आदि, दैनिक घरायसी कामकाज तथा बालबच्चाको हेरचाहको दायरा भन्दा बाहिरको सहयोगको अनुरोध
・खाद्य बस्तु किनमेल आदि गर्दा, हेल्परलाई बोझ पर्ने गरी पैसा तिर्न लगाउने कार्य
・अभिभावकको सत्तामा बैंक तथा वित्तीय संस्थामा गएर पैसा रकमान्तर गराउने कार्य
आदि
प्रयोग गर्ने समय
- प्रयोग गर्न सकिने बाँकी समय थाहा पाउन चाहन्छु
- प्रयोग गर्न सकिने समयको सम्बन्धमा, देहाय अनुसार हुने छ।
・जन्मेको दिन देखि 1 वर्ष भन्दा कम उमेरको बच्चा:कूल 40 घण्टा
・1 वर्ष देखि 2 वर्ष भन्दा कम उमेरको बच्चा:कूल 20 घण्टा
・2 वर्ष देखि 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च 31 तारिख सम्मको बच्चा:कूल 20 घण्टा
※लक्षित बच्चा एक भन्दा बढी भएको परिवारको हकमा, प्रत्येक बच्चाको प्रयोग गर्न सकिने घण्टालाई जोडेर आएको कूल समय (घण्टा) को रुपमा गणना गरिने छ।
- एकै दिनमा केही पटकमा विभाजन गरेर प्रयोग गर्न सकिन्छ?
- प्रयोग 1 दिनमा 1 पटक मात्र हुन्छ
- 1 पटकमा प्रयोग गर्न सकिने घण्टा थाहा पाउन चाहन्छु
- 1 पटकमा प्रयोग गर्न सकिने घण्टा, 2 / 3 / 4 घन्टा मध्ये कुनै एक (1 घण्टाको एकाइको रुपमा प्रयोग) हुने छ
सर्भिस लिन सक्ने लक्षित बच्चाहरुको संख्याले प्रयोग गर्न सक्ने समयमा असर पर्ने छैन
- 0 वर्ष देखि 2 वर्ष उमेरको बालबच्चाहरु एक भन्दा बढी भएको बेलाको प्रयोग समयको बारेमा थाहा पाउन चाहन्छु
- भ्रमण गरी सहयोग गर्ने सर्भिस लिने लक्षित बालबालिकाहरु एक भन्दा बढी भएको अवस्थामा, प्रत्येक लक्षित बालबालिकाको सेवा प्रयोग घण्टालाई एकै ठाउँमा जोडी आएको घण्टा, सो परिवारले प्रयोग गर्न सकिने समय हुने छ
- 0 वर्ष देखि 2 वर्ष उमेरको बालबालिकाहरु एक भन्दा बढी भएको बेलामा, प्रयोग गरेको घण्टा, कसरी गणना गरिन्छ (घटाइन्छ)?
- भ्रमण गरी सहयोग गर्ने सर्भिस लिने लक्षित बालबालिकाहरु एक भन्दा बढी भएको अवस्थामामा, प्रयोग गरेको समयको म्याद सबै भन्दा छोटो लक्षित बच्चाको समयबाट प्रयोग गरिने छ।
प्रत्येक लक्षित बालबालिकाले प्रयोग गर्न सक्ने, भ्रमण गरी सहयोग गर्ने सर्भिसको कूल समयबाट भ्रमण गरी सहयोग गर्ने सर्भिसलाई उपयोग गरेको समय (घण्टा) घटाउने छ
- भ्रमण गरी सहयोग गर्ने सर्भिस प्रयोग गर्न सकिने समय कति बजे देखि कति बजे सम्म हो थाहा पाउन चाहन्छु
- भ्रमण गरी सहयोग गर्ने सर्भिसको बारेमा, डिसेम्बर 29 तारिख देखि अर्को वर्षको जनवरी 3 तारिख सम्मको दिन बाहेक बिहान 8 बजे देखि बेलुका 20 बजे सम्म प्रयोग गर्न सकिन्छ। यद्यपि, भ्रमण सेवा प्रदायक कम्पनी अनुसार भ्रमण गर्न सम्भव मिति र समय फरक हुन पनि सक्ने भएकोले, विस्तृत विवरणको लागि, "सेवा प्रदायक कम्पनीको सूची" को खुल्ने समय चेक गर्नुहोस्।
- 1 पटकमा प्रयोग गर्न सम्भव घण्टा थाहा पाउन चाहन्छु
- 1 पटकमा प्रयोग गर्न सम्भव घण्टा, 2 घण्टा वा सो भन्दा माथि देखि 4 घण्टा भित्र ( 1 घण्टाको एकाईमा) हुने छ
※बच्चाहरु एक भन्दा बढी भएको अवस्थामा पनि, माथि उल्लेखित सीमा नै अधिकतम हुनेछ
प्रयोगका सर्तहरु
- प्रयोगका सर्तहरु छन् कि?
- तलका सर्तहरु पुरा गरेको खण्डमा प्रयोग गर्न सकिन्छ
・ओसाका नगर भित्र बसोबास गरिरहेको
・भ्रमण सहयोग सेवा प्रयोग गर्ने मिति र समयमा, 0 वर्ष देखि 2 वर्षको शिशुको पालनपोषण गरिरहेको परिवार भएको कुरा
- बुबा-आमा अनुपस्थित हुने समयमा पनि प्रयोग गर्न सकिन्छ?
- अभिभावक तथा लक्षित बालबालिका दुबै घरमा हुनु जरुरी छ।
- हेल्परलाई बच्चा जिम्मा लगाएर, बाहिर जान सकिन्छ?
- बच्चाको जिम्मा लिने तथा बेबीसिटरको काम गरिने छैन
भ्रमण सहयोगको बेलामा, अभिभावक सधैं घरमा हुनु जरुरी छ
- बालबालिकाहरु एक भन्दा बढी भएको बेलामा पनि प्रयोग गर्न सकिन्छ?
- एक भन्दा बढी बालबालिकाहरु भएको परिवार भएता पनि यो सेवा लिन सक्नु हुन्छ। यद्यपी, तलको सर्तहरु पुरा गर्नु आवश्यक छ
・भ्रमण सहयोग प्रयोग गर्ने मिति र समयमा 0 वर्ष देखि 2 वर्ष उमेरको बालबालिकाहरु पालनपोषण गरिरहेको परिवार हुनु पर्ने छ
- हालसालै मात्र ओसाका नगरमा बसाइ सरेर आएको हो, यो सेवा प्रयोग गर्न सकिन्छ?
- ओसाका नगर भित्र बसोबास गर्ने व्यक्ति भए प्रयोग गर्न सकिन्छ
पुनश्च, भ्रमण गरी सहयोग गर्ने सर्भिस प्रयोग गर्ने मितिमा, 0 वर्ष देखि 2 वर्षको बच्चालाई पालन पोषण गरिरहेको परिवार हुनु आवश्यक छ
- लक्षित बच्चा बाहेकको दाजुभाइ, दिदीबहिनी पनि भएको बेलामा, यो सेवा प्रयोग गर्न सकिन्छ?
- लक्षित बच्चा घरमा भएमा, यो सेवा प्रयोग गर्न सकिन्छ। अनि, दाजुभाइ, दिदीबहिनीलाई पुर्याउने र लिन जाने सेवा पनि प्रदान गरिरहेको छ
- भ्रमण गरी सहयोग गर्ने सर्भिस लिनु भन्दा अगाडि, अग्रिम रुपमा आवश्यक प्रक्रिया तथा तयारी गर्नु पर्ने कुराहरु केही छन् कि?
- सेवा लिनको लागि देहायको प्रक्रिया चाल्नु आवश्यक छ
①"प्रयोगकर्ता दर्ताको लागि निवेदन" होमपेज मार्फत "प्रयोगकर्ता दर्ताको लागि निवेदन" दिनुहोस्। निवेदन दिए पश्चात् छानबिन गरिने छ, निवेदन प्रक्रिया पुरा भएको व्यक्तिले मात्र भ्रमण गरी सहयोगको सर्भिस लिन सक्नु हुन्छ। सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार, नगरपालिका कर मिनाह परिवारको व्यक्ति भई, छुट वा मिनाह लिन इच्छुक व्यक्तिले, देहायको कागजातहरु तयारी गर्नुहोस्
・सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवारको व्यक्ति : सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र, बिदाको दिन / रात्रीकालिन उपचार अनुरोध-पत्र
・नगरपालिका कर मिनाह परिवारको व्यक्ति : कर प्रमाणपत्र (आय भएका सबै परिवार सदस्यको प्रमाणपत्र पेश गर्नु आवश्यक छ)
②भ्रमण गराउन चाहेको मिति बुकिङ्ग : होमपेजको "प्रयोगको लागि बुकिङ्ग समायोजन" बाट भ्रमणको लागि इच्छाएको मिति, समय र बोलाउन चाहेको सेवा प्रदायक कम्पनी, अन्य भ्रमणको लागि आवश्यक जानकारी प्रविष्ट गर्नुहोस्। प्रविष्ट गरिसके पछि, भ्रमण सम्भव भए नभएको यकिन गरी, सूचना पठाइने छ।
③भ्रमण गरी सहयोग गर्ने सर्भिस लिने बेलामा, अग्रिम रुपमा तयारी गर्नु पर्ने आवश्यक कागजातहरु देहाय बमोजिम छन्
・सेवा प्रयोग बापतको शुल्क (तिर्ने तरिकाको लागि होमपेजको "सेवा प्रदायक कम्पनीको सूची" हेर्नुहोस्)
- कति वर्षको उमेर सम्मले सहयोग पाउन सकिन्छ?
- भ्रमण गरी सहयोग गर्ने सर्भिसको लक्षित व्यक्ति हुने उमेर निम्नानुसार छन्
・0 वर्ष देखि 2 वर्ष उमेरको बालबालिका
・3 वर्ष पुगेपछि पहिलो मार्च महिनाको 31 तारिख आउनु अगाडिको बालबालिका
※भ्रमण गरी सहयोग गर्ने सर्भिसका विवरण अनुसार लक्षित बालबालिकाका दाजुभाइ, दिदीबहिनीलाई पनि सँगै सहयोग गर्न पनि सक्छ तर, लक्षित बालबालिका नभएको परिवारले भ्रमण गरी सहयोग गर्ने सर्भिस लिन पाउँदैन
- यो वर्ष 3 बर्ष पुरा भयो, अर्को जन्मदिन नआए सम्म सेवा लिन सकिन्छ?
- हाल 3 वर्षको बालबालिकाको हकमा, "3 वर्ष पुरा भएको मिति देखि पहिलो मार्च महिनाको 31 तारिख नआए सम्म" को अवस्थामा, सेवा लिन सक्नु हुन्छ। पुनश्च, घर परिवारमा अर्को सेवा लिन योग्य बालबालिका भएको अवस्थामा सँगै नै सेवा लिन सक्नु हुन्छ
- भ्रमण गरी सहयोग गर्ने सर्भिस कति पटक सम्म प्रयोग गर्न सकिन्छ?
- भ्रमण सम्भव समयावधि भित्र भए, धेरै पटक सेवा लिन सकिन्छ। यद्यपि, 1 दिनमा 1 पटक मात्र प्रयोग गर्न सक्छ, अनि 1 पटकमा प्रयोग गर्न सकिने समय कम्तीमा 2 घण्टा देखि बढीमा 4 घण्टा सम्म (1 घण्टाको एकाई) हुने छ
- कहिले देखि सेवा लिन सकिन्छ?
- भ्रमण गरी सहयोग गर्ने सर्भिसको प्रयोगको लागि बुकिङ्ग समायोजन सुरु मिति 2025 साल मार्च 28 तारिख हो। बुकिङ्ग गर्नको लागि, अग्रिम रुपमा "प्रयोगकर्ता दर्ताको लागि निवेदन" दिई, छानविन पुरा भएको हुनु पर्छ।
अनि, बुकिङ्ग गर्न सम्भव मिति अप्रिल 10 तारिख उपरान्त हुने छ।
- हाल गर्भवती छु, प्रयोगकर्ता दर्ता गर्न सकिन्छ?
- गर्भवति महिलाको हकमा, सुत्केरी हुने सम्भावित मिति भन्दा 2 महिना अगाडि देखि प्रयोगकर्ता दर्ताको लागि निवेदन दिन सक्नु हुन्छ। यद्यपि, भ्रमण गरी सहयोग गर्ने सर्भिसको बुकिङ्गको सम्बन्धमा, लक्षित बालबालिकाको जानकारी आवश्यक हुने भएकोले, जन्मेको शिशुको जानकारी छुट्टै दर्ता गरी सकेपछि बुकिङ्ग गर्नुहोस्। अनि, प्रयोगकर्ता दर्ताको लागि निवेदन दिने समयमा, सुत्केरी हुने सम्भाबित मिति 2 महिना भन्दा अगाडि भएको अवस्थामा प्रयोगकर्ता दर्ताको लागि निवेदन दिन सकिँदैन
- ओसाका नगर भित्र बसोबास गरिरहेको छ तर बसाइ सराइको प्रक्रिया चालेको छैन। सेवा प्रयोग गर्न सकिन्छ?
- ओसाका नगर भित्र बसोबास गरिरहेको व्यक्ति भए, सेवा प्रयोग गर्न सक्नुहुन्छ
- दाजुभाइ (दिदीबहिनी) लाई पुर्याउने अनि लिन जाने सहयोग कति उमेर सम्म हो?
- सेवा प्रयोग लक्षित बालबालिकासँग सहयोग लिने दाजुभाइ (दिदीबहिनी) को उमेरको सीमा छैन। यद्यपि, पुर्याउने अनि लिन जाने सहयोग मात्र प्रयोग गर्न मिल्दैन
- छुट वा मिनाहको लागि निवेदन दिन चाहन्छु तर, घरमूली कामको सिलसिलामा अन्यत्र एक्लै बस्ने भएको कारण फरक परिवारको रुपमा छ। यस्तो अवस्थामा निवेदन दिन सकिन्छ?
- ・कर प्रमाणपत्र : आय भएका परिवार सदस्य सबै जनाको कर प्रमाणपत्र पेश गरेको खण्डमा निवेदन दिन सकिन्छ
・सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र, बिदाको दिन तथा रात्रीकालिन उपचार अनुरोध-पत्र : कागजातमा घरमूलीको नाम उल्लेख नभएको अवस्थामा पनि निवेदन दिन सम्भव छ। यद्यपि, निवेदनमा उल्लेखित विवरण चेक गरेर सम्पर्क गर्ने सम्भावना पनि छ
सेवा शुल्क
- सेवा शुल्क कति हो?
- भ्रमण गरी सहयोग गर्ने सर्भिस प्रयोग गरेको समय अनुसार देहाय बमोजिमको शुल्क तिर्नु पर्ने हुन्छ
・प्रति घण्टा 1500 येन
※नगरपालिका कर मिनाह परिवार वा सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवारको व्यक्तिले, सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन दिन सकिन्छ। विस्तृत विवरणको लागि होमपेजको "छुट वा मिनाहको जानकारी" हेर्नुहोस्
- बच्चाहरु एक भन्दा धेरै भएको अवस्थाको शुल्क बारेमा थाहा पाउन चाहन्छु
- शुल्कको बारेमा, भ्रमण गरी सहयोग गर्ने सर्भिसको प्रयोग समय अनुसार शुल्क तिर्नु पर्ने हुन्छ। सेवा लिएको लक्षित बच्चाको संख्याले शुल्कमा कुनै असर पारिने छैन
उदाहरणको लागि, 2 जना लक्षित बच्चाको लागि भ्रमण गरी सहयोग सेवा 2 घण्टा प्रयोग गरेको खण्डमा, प्रति घण्टा 1500 येन X 2 घण्टाको रकम
※छुट वा मिनाह लागू हुने व्यक्तिको हकमा, माथिको शुल्क भन्दा फरक हुने छ
- शुल्क तिर्ने तरिकाको बारेमा थाहा पाउन चाहन्छु
- रकम तिर्ने तरिका सेवा प्रदायक कम्पनी अनुसार फरक हुने भएकोले, विस्तृत जानकारीको लागि "सेवा प्रदायक कम्पनीको सूची" हेर्नुहोस् वा सम्बन्धित भ्रमण सेवा प्रदायक कम्पनीमा सम्पर्क गरी सोधपुछ गर्नुहोस्
- सेवा शुल्क कसलाई अनि कहिले तिर्ने हो?
- सेवा सेवा शुल्कको बारेमा, भ्रमण सेवा प्रदायक कम्पनीलाई तिर्नुहोस् (तिर्ने तरिका र समय, भ्रमण गर्ने सेवा प्रदायक कम्पनीसँग सोधपुछ गर्नुहोस्)
कल सेन्टर
- कल सेन्टर खुल्ने समय थाहा पाउन चाहन्छु
- 【ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय खुल्ने समय】
कार्यालय खुल्ने दिन र शनिवार:9:00~17:30 (आइतवार, सार्वजनिक बिदाको दिन, नयाँ वर्षको बिदाको बेलामा बन्द हुने छ)
※ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय खुल्ने बार तथा समय, परिवर्तन पनि हुन सक्ने भएकोले, समय समयमा होमपेज हेरेर यकिन गर्नुहोस्
भ्रमण सेवा प्रदायक कम्पनी
- प्रयोग गर्न सकिने भ्रमण सेवा प्रदायक कम्पनीको बारेमा थाहा पाउन चाहन्छु
- होमपेजमा उल्लेखित "सेवा प्रदायक कम्पनीको सूची" हेर्नुहोस्
※भ्रमण सेवा प्रदायक कम्पनीहरु समय समयमा परिवर्तन पनि हुन सक्छ
सहयोगको विवरण
- घरायसी कामकाजमा सहयोग अन्तर्गतको खानेकुराको सम्बन्धमा एलर्जीको व्यवस्थापन पनि गरि दिन्छ कि?
- एलर्जी रहित खानेकुरा पकाउन सकिँदैन
- किनमेलको लागि अनुरोध गर्न सकिन्छ?
- किनमेलको लागि सहयोग लिन सम्भव छ तर, खाद्य सामाग्री र उपभोग्य सामान आदि दैनिक जीवनयापनको लागि आवश्यक सामानको किनमेल मात्र गर्न सकिन्छ
- पुर्याउन जाने अनि लिन जाने अनुरोध गर्न सकिन्छ?
- लक्षित बालबालिका तथा सो व्यक्तिको दाजुभाइ (दिदीबहिनी) को शिशु स्याहार केन्द्र आदिमा पुर्याउने अनि लिन जाने सहयोग स्वीकार गरिने छ। यद्यपि, पुर्याउने अनि लिन जाने मात्रको सहयोग प्रदान गरिने छैन
- गाडी चलाउन अनुरोध गर्न सकिन्छ?
- अभिभावकको सत्तामा गाडी चलाउने छैन
- अन्य दैनिक रुपमा गर्नु पर्ने आवश्यक घरायसी कामकाज सहयोगमा के के समावेश हुन्छ?
- सिरक डसना सुकाउने, बेड सिटहरु फेर्ने जस्ता घरायसी कामकाजमा सहयोग गरिने छ
- अन्य दैनिक रुपमा गर्नु पर्ने आवश्यक बालबच्चा हेरचाह सहयोगमा के के समावेश हुन्छ?
- पैदल हिँडेर वा सार्वजनिक यातायात प्रयोग गरि शिशुको स्वास्थ्य परीक्षण आदि कार्यमा साथमा गएर सहयोग आदि गरिने छ
- अभिभावकसँगै लक्षित बालबालिकालाई बाहिर घुमाउन लाने सहयोग पनि गरिदिन्छ कि?
- अभिभावक घरमा भएको बेलामा बालबच्चा हेरचाह सहयोग सम्भव छ। बाहिर घुमाउन लाने सहयोगको बारेमा, भ्रमण सेवा प्रदायक कम्पनीमा सोधपुछ गर्नुहोस्
- बाहिर गएको बेलामा, सो स्थानमा सहयोगको लागि अनुरोध गर्न सकिन्छ?
- "प्रयोगकर्ता दर्ताको लागि निवेदन" को बेलामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा सहयोग गरिने छैन
निवेदन दिने तरिका
- सेवा प्रयोगको चरणगत प्रक्रिया थाहा पाउन चाहन्छु
- ①"प्रयोगकर्ता दर्ताको लागि निविदेन" गर्नु अघिको व्यक्ति: होमपेजबाट "प्रयोगकर्ता दर्ताको लागि निवेदन" भरेर बुझाउनुहोस्। निवेदन प्राप्त भए पछि छानबिन हुने छ। निवेदन प्रक्रिया पुरा भएको व्यक्तिले मात्र भ्रमण गरी सहयोग गर्ने सर्भिस प्रयोग गर्न सक्नु हुनेछ। सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार, नगरपालिकाको कर मिनाह परिवारका व्यक्ति हुनुका साथै सेवा शुल्क छुट वा मिनाह गराउन इच्छुक व्यक्तिहरुले, देहायको कागजातहरु तयारी गर्नुहोस्
・सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र, बिदाको दिन / रात्रीकालिन उपचार अनुरोध-पत्र
・कर प्रमाणपत्र (आय भएका सवै परिवार सदस्यको)
त्यसै गरी, कागजको फारामबाट निवेदन पेश गर्न चाहेको बेलामा, कागजको फाराम भरेर पठाउन चाहेको व्यहोरा सचिवालयको कर्मचारीलाई बताउनुहोस्। हुलाकबाट पठाउने ठेगाना, पाउनेको नाम, निवेदकको विवरण (नाम, सम्पर्क ठेगाना) सोधेर, चिठ्ठी मार्फत पठाइने छ। आवश्यक विवरणहरु भरी, फिर्ती खाममा राखेर पठाउनुहोस्।
②भ्रमण गराउन चाहेको मिति बुकिङ्ग गर्नु अघिको व्यक्ति: होमपेजको "प्रयोगको लागि बुकिङ्ग समायोजन" बाट भ्रमण गराउन चाहेको मिति, समय र इच्छुक भ्रमण सेवा प्रदायक कम्पनी, अन्य भ्रमणको लागि आवश्यक विवरण भर्नुहोस्। विवरण भरी सकेपछि, भ्रमण सम्भव छ वा छैन चेक गरे पश्चात जानकारीको सूचना पठाइने छ। चेक गर्नुहोस्। कागजमा लिखित रुपमा निवेदन दिएका व्यक्ति वा WEB बाट बुकिङ्ग गर्न नसकेका व्यक्तिको हकमा, फोनबाट बुकिङ्ग लिइने छ। यद्यपि, भ्रमण गराउन चाहेको मिति र भ्रमण सेवा प्रदायक कम्पनीसँग समय समायोजनाको कारणबाट बुकिङ्ग स्वीकार गर्न नसक्ने सम्भावना पनि छ।
प्रयोगकर्ता दर्ताको बारेमा
प्रयोगकर्ता दर्ताको लागि निवेदन दिने बारेमा
- कहाँबाट निवेदन दिन सकिन्छ?
- अहिले सम्म प्रयोगकर्ता दर्ता नगरेका व्यक्तिको हकमा, होमपेजको "प्रयोगकर्ता दर्ता" मा गएर आवश्यक विवरण भरी दर्ता गरी "माई पेजबनाउनुहोस्।
"माई पेज" बनाइ सकेका व्यक्तिको हकमा, "माई पेज" को "प्रयोगकर्ता दर्ताको लागि निवेदन" बाट निवेदन गर्न सकिन्छ।
- निवेदनको लागि आवश्यक कागजातहरु कुन कुन हो?
- सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन दिने व्यक्तिले देहायका मध्ये कुनै एक कागजातको फोटोकपी (इमेज) पेश गर्नु आवश्यक छ। कागजात तयारी गरी, निवेदन दिनुहोस्। सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन नदिने व्यक्तिले तयारी गर्नु आवश्यक छैन।
・सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र (परिवार सदस्य सबैको नाम, जन्ममिति उल्लेखित कागजात)
・बिदाको दिन तथा रात्रीकालिन उपचारको अनुरोध-पत्र
नगरपालिका कर मिनाह परिवार भए
・कर प्रमाणपत्र (आय भएका परिवार सदस्य सबैको)
विस्तृत विवरणको लागि "छुट वा मिनाहको लागि निवेदनको जानकारी" हेर्नुहोस्
- WEB बाट निवेदन दिन नसक्ने अवस्थामा के गर्दा हुन्छ होला?
- WEB बाट निवेदन दिन नसक्ने व्यक्तिलाई, सचिवालयबाट कागजको फाराम पठाइ दिने भएकोले, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- प्रयोगकर्ता दर्ताको लागि निवेदन नदिएको खण्डमा के हुन्छ?
- यो सेवा प्रयोग गर्नको लागि, प्रयोगकर्ताको विवरण दर्ता गर्नु आवश्यक हुन्छ। प्रयोगकर्ता दर्ता नगरेको अवस्थामा यो सेवा प्रयोग गर्न सक्दैन।
माई पेज
- रुजू कोड भनेको के हो?
- "माई पेज" मा प्रयोगकर्ताको विवरण दर्ता गर्ने बेलामा प्रयोग गरिने विवरण हो। "माई पेज" को दर्ता गर्नको लागि रुजू कोड आवश्यक पर्छ।
- रुजू कोड उल्लेखित इमेल गल्तिबस मेटिदिएँ
- पुनः एक पटक ईमेल ठेगाना रजिष्टर गर्ने प्रक्रिया देखि गर्नुहोस्
- रुजू कोडको ईमेल आएको छैन किन होला?
- 1. ईमेल ठेगानामा कुनै गल्ति त छैन? चेक गर्नुहोस्
2. स्प्याम ईमेल फोल्डरमा गएको पनि सक्छ चेक गर्नुहोस्। पठाइएको ईमेल स्प्याम ईमेल फोल्डरमा स्वतः वर्गीकृत गरिएको पनि हुन सक्छ।
3. मेल बक्स पुरा भरिएको त छैन? चेक गर्नुहोस्। मेल बक्सको खालि स्पेसको क्यापासिटी नभएको अवस्थामा, इमेल पाउन नसकिने हुन्छ।
4. निश्चित डोमेनबाट मात्र रिसिभ गर्ने सेटिङ्ग भइरहेको पनि हुन सक्छ चेक गर्नुहोस्। (विशेषगरी, मोबाइल फोनको ईमेल)। विशेष गरी, मोबाइल फोनको इमेलमा हुन्छ तर कम्प्युटरको इमेलमा पनि हुन सक्छ,। डोमेन सेटिङ्ग त गरिरहेको छैन चेक गर्नुहोस्। सेटिङ्ग गरिरहेको भए, इमेल सेन्डरमा, "omotenashi-suite.com" को डोमेनबाट मेल रिसिभ गर्न सक्ने गरी सेटिङ्ग गर्नुहोस्।
5. प्रोभाइडरले मेल ब्लक गरेको पनि हुन सक्छ, चेक गर्नुहोस्। इमेल प्राप्तकर्ताको प्रोभाइडरको स्प्याम मेल पोलिसिको कारणबाट, निर्दिष्ट डोमेनको इमेल तथा निर्दिष्ट सर्तहरुको इमेलहरु ब्लक गरिरहेको पनि हुन सक्छ।
सम्झौता गरेको प्रोभाइडरसँग निर्दिष्ट डोमेनबाटको इमेल र निर्दिष्ट सर्तहरुको इमेल ब्लक गर्ने गरिरहेको छ कि छैन भनि सम्पर्क गरेर सोध्नुहोस्।
प्रविष्ट गर्ने बुँदाहरु
- "अभिभावक" को परिभाषा के हो?
- अभिभावकिय अधिकार प्राप्त व्यक्ति, नाबालकको संरक्षक, अन्यमा, हाल बालबालिको हेरचाह गरिरहेको व्यक्ति हुने छ।
- ठेगाना दर्ता गर्न सकेन
- प्रयोगकर्ता दर्ताको लागि निवेदनको "ठेगाना" ओसाका नगर भित्रको ठेगाना मात्र दर्ता गर्न मिल्छ। ओसाका नगर बाहेक अन्य स्थानको ठेगाना दर्ता गर्न सकिँदैन।
- "सबै भन्दा नजिकको ट्रेन स्टेशन" नभएको अवस्थामा, के लेख्दा हुन्छ?
- "सबै भन्दा नजिको ट्रेन स्टेशन" को स्थानमा, सबै भन्दा नजिकको ट्रेन स्टेशनको नाम वा बस स्टपको नाम लेख्नुहोस्
- "लक्षित बालबालिका" को परिभाषा के हो?
- प्रयोग गर्ने बेलामा, ओसाका नगर भित्र बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरको बालबालिका (※)हुने छ।
※3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च 31 तारिख सम्मको बालबालिका
- सुत्केरी हुनु भन्दा अगाडि नै दर्ता गर्न सकिन्छ?
- सुत्केरी हुने सम्भावित मिति भन्दा 2 महिना अगाडि देखि दर्ता गर्न सकिन्छ। यद्यपि, यो सेवा प्रयोगको लागि, बालबालिकाको नाम र जन्ममितिको विवरण भर्नु आवश्यक भएकोले, सुत्केरी भए पछि, दर्ता गरेको विवरण परिवर्तनको लागि निवेदन दिनुहोस्
- बच्चाको विवरण भर्ने महल पुग्दैन
- 6 जना भन्दा बढी लक्षित बालबालिकाको विवरण निवेदन फाराममा दर्ता गर्न नसकिने भएकोले, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- बच्चाको जन्ममिति छनौट गर्न सकेन
- दर्ताको लागि निवेदन दिने फाराममा, लक्षित बालबालिकाको जन्म मिति भर्ने महलमा यस कार्यक्रमको लागि योग्य उमेरको बच्चाको मात्र छनौट गर्न सकिने बनाएको छ। जन्ममिति छनौट गर्न नसकेको अवस्थामा, यो सेवा लिन नपाउने उमेर भएको कारणबाट प्रयोग गर्न सक्नु हुन्न।
- छुट वा मिनाहको लागि निवेदन भनेको के हो?
- "सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार" वा "नगरपालिका कर मिनाह परिवार" को व्यक्तिले यो सेवाको सेवा शुल्क आदि छुट वा मिनाहको लागि निवेदन दिन सकिन्छ।
- गल्तिबस, प्रयोगकर्ता दर्ताको लागि 2 पटक निवेदन दिएँ
- दोहरिएको जानकारी हटाउनु आवश्यक भएकोले, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- लोग्ने र स्वास्नीले छुट्टा छुट्टै प्रयोगकर्ता दर्ताको लागि निवेदन दिए पनि हुन्छ?
- प्रयोगकर्ता दर्ताको लागि निवेदन, परिवारको एकाईगत बाट गर्नुहोस्। पुनश्च, गल्तिबस एक भन्दा बढी प्रयोगकर्ता दर्ताको लागि निवेदन दिएको अवस्थामा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
कागजको फाराममा भरेर निवेदन
- प्रयोगकर्ता दर्ताको लागि कागजको निवेदन फाराम कहाँबाट प्राप्त गर्न सकिन्छ?
- WEB बाट निवेदन दिन नसक्ने व्यक्तिलाई लक्षित गरी, प्रयोगकर्ता दर्ताको लागि कागजको निवेदन फाराम तपाईको ठेगानामा पठाइने भएकोले, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- प्रयोगकर्ता दर्ता निवेदन फाराम पठाउने ठेगाना ओसाका नगर बाहेकको स्थान भए पनि हुन्छ?
- प्रयोगकर्ता दर्ता निवेदन फाराम पठाउने ठेगाना ओसाका नगर बाहेक अन्य स्थानको ठेगानामा पठाउन पनि सकिन्छ। यद्यपि, हेल्पर भ्रमण गर्ने घरको ठेगाना ओसाका नगर भित्र हुनुपर्छ।
- प्रयोगकर्ता दर्ता निवेदन फाराम पठाउन अनुरोध गरेको थिएँ, तर अहिलेसम्म प्राप्त भएको छैन
- अनुरोध प्राप्त भएको लगभग एक हप्ता भित्रमा प्रयोगकर्ता दर्ता निवेदन फाराम पठाइनेछ। प्राप्त नभएको अवस्थामा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- मैले पेश गरेको कागजको प्रयोगकर्ता दर्ता निवेदन फाराममा कुनै त्रुटि भएमा, खवर गर्नुहुन्छ?
- तपाईले पेश गर्नु भएको प्रयोगकर्ता दर्ता निवेदन फाराममा भर्नु भएका विवरणहरूको बारेमा केही कुरा स्पष्ट गर्नु परेको अवस्थामा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयले तपाईंलाई फोन गर्नेछ। फोन मार्फत विवरणहरू स्पष्ट गर्न असमर्थ भएमा, निवेदन फाराम संशोधन गरी पुनः पेश गर्न अनुरोध गर्न पनि सक्छ।
निवेदन पश्चातको प्रक्रिया
- निवेदनको नतिजा आउन कति समय लाग्छ?
- WEB बाट निवेदन दिएको बेलामा, साधारणतया निवेदन पेश गरेको मितिबाट 3 कार्यालय दिन भित्र इमेल मार्फत नतिजा सूचित गरिनेछ। कागजको फारामबाट निवेदन दिएको बेलामा, प्रयोगकर्ता दर्ता निवेदन फाराम प्राप्त भएको मितिबाट लगभग एक हप्ता पछि हुलाक मार्फत नतिजा पठाइने छ। यद्यपि, निवेदन फाराममा लेखिएका विवरणहरुमा त्रुटि आदि कारणबाट, उल्लेखित दिन भन्दा बढी समय लाग्न पनि सक्छ।
- प्रयोगकर्ता दर्ता गर्न नसकिने अवस्था पनि छ?
- यस कार्यक्रमको लक्षित व्यक्ति, सेवा लिने दिन सम्ममा, ओसाका नगरमा बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरका बालबच्चा (※) पालनपोषण गर्ने परिवार हुनुपर्छ।
(※) 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च 31 तारिख सम्मको बालबालिका
प्रयोग सर्तहरु पूरा नभएको अवस्थामा, दर्ता गर्न सकिँदैन। फेरि, निवेदन फाराममा लेखिएका विवरणहरुको त्रुटि आदि समाधान नभएको अवस्थामा पनि दर्ता नहुन सक्छ।
- प्रयोगकर्ता दर्ता सम्भव छैन भन्ने सूचना प्राप्त भयो, तर म यो सेवा लिन चाहन्छु
- यस कार्यक्रम प्रयोग गर्नको लागि आवश्यक सर्तहरु पुरा नभएको व्यक्तिले यो सर्भिस प्रयोग गर्न सक्दैन।
प्रयोगका आवश्यक सर्तहरु निम्नानुसार भएकोले पुनः चेक गर्नुहोस्। अस्पष्ट कुराहरु केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्। प्रयोगका आवश्यक सर्तहरु
यस कार्यक्रमको लक्षित व्यक्तिले सेवा लिने दिन सम्ममा, ओसाका नगरमा बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरका बालबच्चा (※) पालनपोषण गर्ने परिवार हुनुपर्छ।
(※) 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च 31 तारिख सम्मको बालबालिका
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- दर्ता पुरा भएको सूचना प्राप्त भयो। यस पछिको प्रक्रियाको बारेमा थाहा पाउन चाहन्छु।
- प्रयोगकर्ता दर्ता प्रक्रिया पूरा गरिसकेका व्यक्तिले, भ्रमणको लागि बुकिंग गर्न सकिने छ। सेवा लिन चाहेको मिति, समय र सेवा प्रदायक कम्पनी निश्चित गरे पछि, "माई पेज" मा रहेको "प्रयोगको लागि बुकिङ्ग समायोजन" मा गएर भ्रमण मिति र समय आदि बुक गर्नुहोस्।
दर्ता गरेको जानकारी परिवर्तन
- दर्ता गर्दा भरेका विवरणहरु संशोधन गर्न चाहन्छु
- "माई पेज" मा रहेको "दर्ता विवरण परिवर्तन" फारामबाट विवरण परिवर्तन गर्नुहोस्। लक्षित बच्चाको जन्म मिति "दर्ता विवरण परिवर्तन फाराम" मा गएर दर्ता / परिवर्तन गर्न नसकिने भएकोले ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्। त्यसै गरी, यदि भ्रमण मिति बुक गरिसकेको अवस्थामा, सबै बुकिङ्ग गरेका भ्रमण सेवा प्रयोग गर्ने वा सबै बुकिङ्ग क्यान्सिल नगरेसम्म विवरण परिवर्तन गर्न सकिँदैन।अस्पष्ट कुरा केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
※प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ ५ बजे पछि क्यान्सिल गरेमा, क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- भ्रमण मिति बुक गरि सकेँ। तर भ्रमण गर्ने ठाउँको ठेगाना परिवर्तन गर्न चाहन्छु
- भ्रमण मिति बुक गरिसकेपछि ठेगाना परिवर्तन गर्न सकिँदैन। बुकिङ्ग क्यान्सिल गरेर "दर्ता विवरण परिवर्तन" फाराममा ठेगाना परिवर्तन गर्नुहोस्। अस्पष्ट कुराहरु केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्
※प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ 5 बजे पछि क्यान्सिल गर्नुभयो भने,क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- दर्ता विवरण परिवर्तन गरिसकेपछि अद्यावधिक हुन कति समय लाग्छ?
- "दर्ता विवरण परिवर्तन" फारामबाट परिवर्तनको निवेदन प्राप्त भएको दिनबाट 1 देखि 2 कार्यालय दिन पछि अद्यावधिकको कार्य पुरा हुन्छ। यद्यपि, निवेदनको विवरणहरुमा कुनै त्रुटि आदिले गर्दा, उल्लेखित दिन भन्दा बढी समय लाग्न पनि सक्छ।
- बच्चाको जन्म मिति परिवर्तन गर्न सकिएन्
- लक्षित बच्चाको जन्म मितिको बारेमा "दर्ता विवरण परिवर्तन" फारामबाट परिवर्तन गर्न सकिँदैन। ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
- "विवरण परिवर्तन गर्न सकेन" भन्ने मेल आयो
- पहिले नै भ्रमण मिति बुक गरिसकेको अवस्थामा दर्ता विवरण परिवर्तन गर्नुभयो भने, "दर्ता विवरणको परिवर्तन अस्वीकार" को इमेल पठाइने छ। सबै भ्रमणहरू पूरा गरिसकेपछि वा सबै बुकिङ्गहरु क्यान्सिल गरिसकेपछि सुरुदेखि दर्ता विवरणको परिवर्तन प्रक्रिया गर्नुहोस्। अस्पष्ट कुराहरु केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
※प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ 5 बजे पछि क्यान्सिल गर्नुभयो भने, क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
छुट वा मिनाहको बारेमा
संलग्न कागजातहरु
- छुट वा मिनाहको लागि आवश्यक प्रमाणका कागजातहरुको म्याद भनेको के हो?
- पेश गरिने कागजात अनुसार बहाल म्याद फरक हुने छ।
・सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र : जारी मिति पर्ने आर्थिक वर्षको अप्रिल देखि मार्च सम्म। यद्यपि, बहाल म्यादको मिति उल्लेख भएको प्रमाणपत्र भएमा, उल्लेखित मिति सम्म
・बिदाको दिन तथा रात्रीकालिन उपचार अनुरोध-पत्र : सोही आर्थिक वर्षको अप्रिल देखि मार्च सम्म। यद्यपि, बहाल म्यादको मिति उल्लेख भएको प्रमाणपत्र भएमा, उल्लेखित मिति सम्म
・कर प्रमाणपत्र : सोही आर्थिक वर्षको जुन देखि अर्को वर्षको जुलाइ सम्म छुट वा मिनाह लागु हुने अवधिको रुपमा छुट वा मिनाह प्राप्त गर्न सकिन्छ
विस्तृत विवरणको लागि "छुट वा मिनाहको लागि निवेदनको जानकारी" हेर्नुहोस्।
- छुट वा मिनाहको निवेदनमा संलग्न गरिने कागजातको बारेमा, ओसाका नगर बाहेक अन्य पालिकाले जारी गरेको प्रमाणपत्र राखेर पनि निवेदन दिन सकिन्छ?
- सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र तथा बिदाको दिन वा रात्रीकालीन उपचार अनुरोध-पत्रको हकमा, ओसाका नगरपालिकाले जारी गरेको प्रमाणपत्र प्रयोग गर्नुहोस्। अनि, कर प्रमाणपत्रको हकमा, जनवरी 1 तारिखको समयमा बसोबास गरेको पालिका कार्यालयले जारी गरेको प्रमाणपत्र हुने भएकोले, ओसाका नगर बाहेक अन्यत्रबाट ओसाकामा बसाइ सरेर आएको अवस्थामा, जनवरी 1 तारिखको समयमा बसोबास गरेको पालिका कार्यालयले जारी गरेको प्रमाणपत्र पेश गर्नुहोस्। जनवरी 1 तारिखको समयमा, विदेशमा बसोबास गरेको कारण, जापान भित्र ठेगाना दर्ता नभएको व्यक्तिको हकमा, कर प्रमाणपत्र संलग्न गर्नु आवश्यक छैन। तर, छुट वा मिनाहको निवेदन फारामको कैफियत महलमा यस नगरपालिकामा बसाइ सरेर आएको मिति र बसाइ सरेर आउनु भन्दा अगाडिको स्थानको नाम लेख्नुहोस्। अस्पष्ट कुरा केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- छुट वा मिनाहको लागि निवेदन दिने बेलामा, कागजातमा उल्लेखित नाम, ठेगाना र प्रयोगकर्ता दर्ताको विवरण फरक भएमा, के गर्दा राम्रो हुन्छ होला?
- प्रमाणपत्रमा उल्लेखित नाम, ठेगाना र प्रयोगकर्ता दर्ताको विवरणको नाम, ठेगाना फरक भएको बेलामा, त्यसको कारण छुट वा मिनाहको निवेदन फाराममा उल्लेख गर्नुहोस्। यद्यपि, बसोबास स्थानान्तरण गरेको भएता पनि, परिवर्तन पश्चातको ठेगाना उल्लेखित कागजात लिन सक्ने अवस्थामा, पछि फेरी कागजात प्राप्त गर्नुहोस्।
प्रविष्ट गर्ने बुँदाहरु
- छुट वा मिनाहको निवेदन महलको परिवारको विवरणमा कतिको दायरा भित्रको लेख्दा हुन्छ होला?
- अभिभावकको विवरणमा उल्लेखित अभिभावक र सगोलको परिवार सदस्य सबैको विवरण भर्नुहोस्।
कामको सिलसिलामा एक्लै बसेका बुबा वा आमा आदि, परिवार छुट्टै बसिरहेको भएता पनि सगोलमा बसिरहेको व्यक्तिको विवरण पनि भर्नुहोस्।
- छुट वा मिनाहको लागि निवेदन, पछि पनि सम्भब छ?
- प्रयोगकर्ता दर्ताको लागि निवेदनको बेला भन्दा फरक समयमा पनि छुट वा मिनाहको लागि निवेदन दिन सक्नु हुन्छ। यद्यपि, छुट वा मिनाह पाउने भनि स्वीकृती पाउनको लागि, प्रयोगको लागि बुकिङ्ग गर्ने दिन सम्ममा निवेदन दिनुका साथै छानबिन प्रक्रिया पुरा भएको हुनु आवश्यक छ।
- नाबालकको पनि कर प्रमाणपत्र आवश्यक छ?
- आय भएका परिवार सदस्य सबैको चाहिन्छ (कामको सिलसिलामा एक्लै बसेका बुबा वा आमा आदि, सगोलमा बस्ने व्यक्तिहरुको समेत) को कर प्रमाणपत्र आवश्यक छ। नाबालक भएता पनि आय भएको अवस्थामा कर प्रमाणपत्र आवश्यक हुन्छ।
प्रयोगको लागि बुकिङ्गको बारेमा
प्रयोग गर्ने समय
- कति घण्टा देखि प्रयोग गर्न सकिन्छ?
- एक पटकमा प्रयोग गर्न सकिने घण्टा 2 घण्टा वा सो भन्दा बढी हो। (अधिकतम 4 घण्टा)
- बाँकी रहेको प्रयोग समय थाहा पाउन चाहन्छु
- बाँकी रहेको प्रयोग समय "माई पेज" बाट यकिन गर्न सक्नुहुन्छ।
- समय लम्ब्याउन सम्भव छ?
- लम्ब्याउन सकिँदैन। तपाईंले बुकिंङ्ग गरेको घण्टा मात्र प्रयोग गर्नुहोस्।
सेवा शुल्क
- सेवा शुल्क कति लाग्छ?
- सेवा शुल्क, 1 घण्टाको लागि 1500 येन हो। कम्तीमा प्रयोग गर्ने समय 2 घण्टा हुने छ।
पुनश्च, सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार वा नगरपालिका कर मिनाह परिवारको व्यक्तिले निवेदन दिएमा, सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन दिन सकिन्छ।
सेवा शुल्क छुट वा मिनाहको लागि निवेदन बारेको विस्तृत विवरणको लागि "छुट वा मिनाहको जानकारी" हेर्नुहोस्।
- तिर्ने तरिका कुन हो?
- सेवा शुल्क तिर्ने तरिका, प्रयोग गर्ने भ्रमण सेवा प्रदायक कम्पनी अनुसार अनुसार फरक हुने भएकोले अग्रिम रुपमा सोधपुछ गर्नुहोस्। भ्रमण गरी सहयोग गर्ने सर्भिस प्रदायक कम्पनीको आ-आफ्नो भुक्तानी तरिकाको बारेमा, विस्तृत जानकारीको लागि "सेवा प्रदायक कम्पनीको सूची" हेर्नुहोस्।
- भ्रमणमा लाग्ने यातायात खर्च आफैले व्यहोर्ने हो?
- हेल्पर घरमा भ्रमण गर्ने बेलाको यातायात खर्च व्यहोर्नु पर्दैन। यद्यपि, दाजुभाई दिदीबहिनीहरुलाई पुर्याउने र लिन जाने, किनमेलको सहयोग आदिको बेलामा आवश्यक पर्ने हेल्परको यातायात खर्च चाहीँ प्रयोगकर्ताले व्यहोर्नुपर्ने हुन्छ।
भ्रमण सेवा प्रदायक कम्पनी
- भ्रमण सेवा प्रदायक कम्पनीहरु कुन कुन हुन्?
- भ्रमण सेवा प्रदायक कम्पनीहरुको सूची "सेवा प्रदायक कम्पनीहरुको सूची" मा उल्लेख छ।
- हेल्परको नाम किटान गरेर बुक गर्न सम्भव छ?
- हेल्परको नाम किटान गरेर बुक गर्न सकिँदैन।
- यस्तो खालको हेल्पर पठाउनुस भनेर अनुरोध गर्न सम्भव छ?
- हेल्परको बारेमा, निश्चित खालको हेल्परको अनुरोध भएको बेलामा, प्रयोगको लागि बुकिङ्ग निवेदन फारामको मेसेज महलमा सो कुरा लेख्नुहोस्। यद्यपि, प्रविष्ट गर्नुभएको जानकारीको आधारमा तपाईंको अनुरोध पूरा गर्न नसक्ने अवस्था पनि भएकोले सो कुरा बुझिदिनुहुन अनुरोध छ। पुनश्च, हेल्परको नाम किटान गरेर बुक गर्न सकिँदैन।
प्रयोगको लागि बुकिङ्गको बारेमा
- कसरी बुक गर्ने?
- "माई पेज" को "प्रयोगको लागि बुकिङ्ग निवेदन फाराम" बाट बुकिंङ्गको लागि प्रक्रिया चाल्नु हुन अनुरोध छ। (प्रयोगको लागि बुकिङ्ग गर्न, प्रयोगकर्ता दर्ता गर्नु आवश्यक छ)
पुनश्च, कागजको फारामबाट निवेदन दिनु भएका व्यक्तिहरुको हकमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयले बुकिङ्ग लिइने छ।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- कहिले देखि बुकिङ्ग गर्न सकिन्छ?
- प्रयोग गर्न चाहेको दिनको 2 महिना अगाडि देखि बुकिङ्ग गर्न सक्ने व्यवस्था छ।
- जुनसुकै ठाउँमा पनि आउनु हुन्छ?
- प्रयोगकर्ता दर्ताको बेलामा लेख्नु भएको ओसाका नगर भित्रको ठेगानामा भ्रमण गरिने छ।
- के के गरिदिन्छ?
- घरायसी कामकाज / बालबच्चा हेरचाहको लागि भ्रमण सर्भिस दिइने छ।
विस्तृत जानकारीको लागि, सेवा शुल्क छुट वा मिनाहको बारेमा थप जानकारीको लागि "छुट वा मिनाहको लागि निवेदनको जानकारी" हेर्नुहोस्।
- अभिभावक घरमा नभएको बेला प्रयोग गर्न सकिन्छ?
- अभिभावक घरमा नभएको बेला प्रयोग गर्न सकिँदैन। निश्वित रुपमा अभिभावक र सेवा लिने बालबालिका घरमा हुने दिन र समयमा बुक गर्नुहोस्।
- नर्सरी स्कूल (योउचियन) वा शिशु स्याहार केन्द्रमा पुर्याउने र लिन जाने कार्य अनुरोध गर्न सकिन्छ?
- दाजुभाइ, दिदीबहिनीलाई शिशु स्याहार केन्द्र आदिमा पुर्याउने र लिने जाने कार्यको सहयोग सम्भव छ।
- भ्रमण गराउन चाहेको मिति छनौट गर्न सकिएन
- WEB बाट निवेदन दिने बेलामा, भ्रमण गराउन चाहेको मिति, सेवा प्रयोग बुकिङ्गको लागि निवेदन दिने मितिबाट 10 दिन पछि देखि 2 महिना अगाडि सम्मको दिन मध्येबाट छनौट गर्न सम्भव छ। भ्रमण गराउन चाहेको दिनको 9 दिन अगाडिबाट टेलिफोन मार्फत मात्र बुकिङ्ग लिने भएकोले ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्। भ्रमण गराउन चाहेको दिनको 2 दिन अगाडिबाट टेलिफोनबाट भए पनि बुकिङ्ग लिइने छैन।
※दिन गन्तिको बारेमा, नयाँ वर्षको बिदा (डिसेम्बर 29 तारिख देखि जनवरी 3 तारिख) आदि भ्रमण सेवा प्रदायक कम्पनी बन्द हुने समयको दिन गणना गरिने छैन। प्रयोगको लागि बुकिङ्ग समायोजन अवधि सुनिश्चित गर्न नसकेको अवस्थामा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयले तपाईंलाई सम्पर्क गर्न सक्छ।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- धेरै पटक भ्रमण गराउन चाहेको बेलाको बुकिङ्ग कसरी गर्दा हुन्छ?
- प्रयोगको लागि बुकिङ्ग निवेदन एउटाबाट 1 पटकको बुकिङ्ग गर्न सकिन्छ। धेरै पटक प्रयोग गर्ने इच्छा भएको बेलामा, एक/ एक गरी प्रयोगकर्ता दर्ता निवेदन दिनुहोस्। पुनश्च, एक दिनमा प्रयोग गर्न सक्ने पटक एक पटक मात्र हो, त्यसैले ध्यान दिनुहोस्।
- बुकिङ्गसँग सम्बन्धित इमेल प्राप्त भएन
- इमेल नआउनुका कारणको रुपमा, तलका कुराहरु भएको हुन पनि सक्छ।
1. मेलबक्सको क्षमता भन्दा अधिक भइरहेको
2. स्प्याम/मेल इन्कार इमेल बक्समा गएर बसेको पनि हुन सक्छ
3. रिसिभ गर्ने इमेलहरूको डोमेन सेटिङ्ग गरिरहेको (यस अवस्थामा, यस कार्यक्रममा "@○○.△△" बाट इमेल पठाइने भएकोले यो डोमेन सेटिङ्ग गर्नुहोस्)
4. तपाईंले पहिला रजिष्टर गर्नु भएको इमेल ठेगाना परिवर्तन गर्नुभएको पुनश्च, बुकिङ्गको बेलामा भरेका विवरणहरू माई पेजमा गएर चेक गर्न सक्नुहुन्छ।
- बुकिङ्ग सम्भव नभएको जानकारी दिने इमेल प्राप्त गरेँ
- तपाईले चाहेको मिति, समय र भ्रमण सेवा प्रदायक कम्पनीमा, बुकिङ्ग गर्न सकिएन। विवरणहरू परिवर्तन गरेर पुन: बुकिङ्ग गर्नुहोस्।
अस्पष्ट कुराहरु केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- बुकिङ्ग गर्दा भरेका विवरणहरू यकिन गर्न चाहन्छु
- बुकिङ्ग विवरणहरू "माई पेज" बाट यकिन गर्न सक्नुहुन्छ।
क्यान्सिलको बारेमा
क्यान्सिल शुल्क
- बुकिङ्ग क्यान्सिल शुल्क लाग्छ?
- बुकिङ्ग पक्का भए पछि, भ्रमणको मिति भन्दा एक दिन अघिको कार्यालय समय साँझ ५ बजे भित्र, "भ्रमण सेवा प्रदायक कम्पनीमा" क्यान्सिलको लागि सम्पर्क गरेको खण्डमा, क्यान्सिल शुल्क लाग्ने छैन। यद्यपि, तलको अवस्थामा क्यान्सिल शुल्क लाग्ने छ।
(1)भ्रमण गरी सहयोग गर्ने सर्भिस लिने योजना भएको दिनको अघिल्लो दिन साँझ ५ बजे पश्चात् क्यान्सिल गरेको खण्डमा
(2)सो दिन घरमा नभएको खण्डमा
(3)योजना गरेको समय भन्दा 45 मिनेट भन्दा बढी छोट्याएको खण्डमा
क्यान्सिल रकम तिर्ने तरिकाको बारेमा, भ्रमण सेवा प्रदायक कम्पनीसँग सोधपुछ गर्नुहोस्
- क्यान्सिल शुल्क तिर्ने तरिकाबारे थाहा पाउन चाहन्छु
- क्यान्सिल शुल्क तिर्ने तरिकाको बारेमा, भ्रमण सेवा प्रदायक कम्पनी अनुसार फरक हुने भएकोले, भ्रमण सेवा प्रदायक कम्पनीमा सम्पर्क गरी सोधपुछ गर्नुहोस्
- तिरेको क्यान्सिल शुल्कको रसिद पाउन चाहन्छु
- क्यान्सिल शुल्कको रसिद जारीको बारेमा, भ्रमण सेवा प्रदायक कम्पनीसँग सल्लाह गर्नुहोस्
※सचिवालयले रसिद जारी गरिने छैन
प्रयोगको लागि बुकिङ्गको बारेमा
- बुकिङ्ग क्यान्सिल गर्न चाहन्छु
- बुकिङ्ग पक्का हुनु अघि भए "माई पेज" बाट क्यान्सिल गर्न सकिन्छ। बुकिङ्ग पक्का भैसकेपछि भए, भ्रमण सेवा प्रदायक कम्पनीमा सिधै सम्पर्क गर्नुहोस्। पुनश्च, प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ ५ बजे पछि क्यान्सिल गर्नुभयो भने, क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्।
अन्य
निवेदन दिने तरिका
- लगइन ID वा पासवर्ड बिर्स्यो, अब के गर्ने?
- आफ्नो पासवर्ड बिर्सेको बेलामा, निम्न प्रक्रियाहरु अपनाउनुहोस्।
1. लगइन स्क्रिनमा जानुहोस।
2. "पासवर्ड बिर्सेमा" को लिङ्क क्लिक गर्नुहोस्।
3. रजिष्टर गरिएको इमेल ठेगाना प्रविष्ट गरी पठाउने।
4. आफ्नो इमेलमा आएको पासवर्ड रिसेट लिङ्कमा क्लिक गरी, नयाँ पासवर्ड सेट गर्नुहोस्।
लगइन ID बिर्सेमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
दर्ता गरेको जानकारी परिवर्तन
- कागजको फारामबाट निवेदन दिएको थिएँ, विवरणहरु संशोधन गर्न चाहन्छु।
- प्रयोगकर्ता दर्ता निवेदन फाराम पठाएका व्यक्तिहरुको दर्ता विवरण परिवर्तन, निवेदन फाराम मार्फत स्विकार गरिन्छ। नयाँ निवेदन फाराम पठाइने भएकोले ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- माई पेज बाहेक अन्य स्थानबाट विवरणको परिवर्तन गर्न सकिन्छ?
- "माई पेज" बाहेक अन्य स्थानबाट दर्ता विवरण परिवर्तनको अनुरोध लिने गरेको छैन। यद्यपि कागजको प्रयोग दर्ता निवेदन फाराम पेश गरेका व्यक्तिहरुको हकमा, दर्ता निवेदन फाराम पठाइने भएकोले ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गर्नुहोस्।
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
प्रयोगको लागि बुकिङ्गको बारेमा
- भ्रमण गर्ने ठाउँको ठेगाना परिवर्तन गर्न चाहन्छु
- प्रयोगकर्ता दर्ता परिवर्तन निवेदनमा गएर ठेगाना परिवर्तन गर्नुहोस्। पुनश्च, प्रयोगको लागि बुकिङ्गको निवेदन दिइरहेको वा बुकिङ्ग गरेको भ्रमण दिन भएको अवस्थामा, प्रयोगकर्ता दर्ता परिवर्तन निवेदन दिन सकिँदैन, त्यसैले पहिले बुकिङ्ग क्यान्सिल गर्नुहोस् र त्यसपछि प्रयोगकर्ता दर्ता परिवर्तन निवेदन दिनुहोस्। कुनै अस्पष्ट कुराहरु केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय सम्पर्क गर्नुहोस्।
※प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ ५ बजे पछि क्यान्सिल गर्नुभयो भने,क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- भ्रमण मिति र समय परिवर्तन गर्न चाहन्छु
- असुविधाको लागि हामी क्षमाप्रार्थी छौं,आफ्नो बुकिङ्ग क्यान्सिल गरिसकेपछि आफ्नो इच्छित मिति र समयमा पुन: बुकिङ्गको लागि निवेदन दिनुहोस्।
- सम्पर्क नम्बर वा ठेगाना परिवर्तन गर्न चाहन्छु
- प्रयोगकर्ता दर्ता परिवर्तन निवेदन मार्फत सम्पर्क नम्बर वा ठेगाना परिवर्तन गर्नुहोस्। पुनश्च, प्रयोगको लागि बुकिङ्गको निवेदन दिइरहेको वा भ्रमण दिन बुक भइरहेको अवस्थामा, प्रयोगकर्ता दर्ता परिवर्तन निवेदन दिन सकिँदैन, त्यसैले एक पटक बुकिङ्ग क्यान्सिल गर्नुहोस् र त्यसपछि प्रयोगकर्ता दर्ता परिवर्तन निवेदन दिनुहोस्। कुनै अस्पष्ट कुराहरु केही भएमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय सम्पर्क गर्नुहोस्।
※प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ ५ बजे पछि क्यान्सिल गर्नुभयो भने, क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्
ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061
खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदामा बन्द हुने)
- प्रयोग गर्ने सर्भिसको विवरण परिवर्तन गर्न चाहन्छु
- बुकिङ्ग पक्का हुनु अघि भए "माई पेज" बाट क्यान्सिल गरेर, पुनः प्रयोगको लागि बुकिङ्गको निवेदन दिनुहुन अनुरोध छ। बुकिङ्ग पक्का भइ सकेपछि, माई पेजबाट क्यान्सिल गर्न मिल्दैन। त्यसकारण, भ्रमण सेवा प्रदायक कम्पनीमा सम्पर्क गरी सल्लाह गर्नुहोस्। पुनश्च, भ्रमण गर्ने ठाउँको ठेगाना र भ्रमण मिति र समय परिवर्तन गर्न सकिँदैन त्यसैले परिवर्तन गर्नु पर्ने अवस्थामा, माई पेजबाट एक पटक बुकिङ्ग क्यान्सिल गर्नुहोस्। त्यस पछि (बुकिङ्ग पक्का भैसकेपछि भ्रमण सेवा प्रदायक कम्पनीमा सम्पर्क गरी क्यान्सिल गरे पश्चात) प्रयोगकर्ता दर्ता परिवर्तन निवेदन दिएर परिवर्तन गर्नुहोस्।
※प्रयोग गर्ने दिनको अघिल्लो कार्यालय दिनको साँझ ५ बजे पछि क्यान्सिल गर्नुभयो भने, क्यान्सिल शुल्क लाग्ने भएकोले सावधानी अपनाउनुहोस्।
जानकारी दिने पर्चाहरु
- मेरो घरमा कार्यक्रमको जानकारी दिने पर्चा आएको छ, यो कसलाई पठाइएको हो?
- यो कार्यक्रम, ओसाका नगर भित्र बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरका बालबच्चालाई पालनपोषण गरिरहेका सबै परिवारहरूलाई लक्षित गरिरहेको छ। त्यसैले लक्षित परिवारहरूलाई व्यक्तिगत रूपमा सूचना पठाइएको हो।
- जानकारी दिने पर्चा आएको छैन, त्यसैले म योग्य परिवारमा पर्दैन?
- यो कार्यक्रम, ओसाका नगर भित्र बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरका बालबालिकालाई पालनपोषण गरिरहेका सबै परिवारहरूलाई लक्षित गरिरहेको छ। आवश्यक सर्तहरु पुरा भएको खण्डमा, प्रयोग गर्न सक्नु हुन्छ।
- जानकारी पर्चा कहाँ वितरण भैइरहेको छ?
- प्रत्येक वडा कार्यालयको बालबालिका पालनपोषण सहयोग कार्यालय र मातृ तथा शिशु स्वास्थ्य शाखाद्वारा वितरण भइरहेको छ।
अनि, बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको होमपेजमा पनि राखिएको छ।