मेन्यू

छुट वा मिनाहको लागि निवेदन सम्बन्धि जानकारी

रुपरेखा

भ्रमण सहयोगको लागि योग्य व्यक्तिको परिवारका सबै जना नगरपालिका कर मिनाह भएको परिवार, वा सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार भएको अवस्थामा, सेवा शुल्क आदिको छुट वा मिनाहको लागि निवेदन दिन सक्नुहुन्छ।
निवेदन दिनको लागि, प्रत्येक घरपरिवारको छुट्टाछुट्टै आवश्यक कागजातहरू संलग्न गर्नुहोस्।

<ध्यान दिनुपर्ने कुराहरु>
  • छुट वा मिनाह स्वीकृति भएको मिति पछि गरिएको प्रयोगको लागि बुकिङ्गको निवेदनको सम्बन्धमा, सेवा शुल्क आदि छुट वा मिनाह दिइनेछ। यद्यपि, छुट वा मिनाह लागू भन्दा पहिला गरेको प्रयोगमा छुट वा मिनाह हुने छैन।
  • सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवारको सम्बन्धमा, सामाजिक सुरक्षा भत्ता रोक्का आदि, प्राप्तिको अवस्थामा परिवर्तन भएको अवस्था वा नगरपालिका कर मिनाह परिवारको सम्बन्धमा, करको अवस्था परिवर्तन भएको बेलामा, तुरुन्तै ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गरी सो को जानकारी दिनुहोस्।
  • सेवा शुल्क आदि छुट वा मिनाहको लागि आवश्यक सर्तहरु नभएको अवस्थामा प्रयोग गरेको सर्भिस तथा गरेको क्यान्सिलको बारेमा, आवश्यक सर्तहरु नभएको अवस्था सुरु भएको समय देखि, सेवा शूल्क आदि छुट वा मिनाह लागू हुनु भन्दा पहिलाको सेवा शुल्क तथा क्यान्सिल शुल्क तिर्न लगाउने छ।

आवश्यक कागजात र म्यादको बारेमा

घर परिवार वर्गीकरण आवश्यक कागजातहरू छुट वा मिनाह लागू अवधि ध्यान दिनु पर्ने कुराहरु
नगरपालिका कर मिनाह परिवार नगरपालिका कर तिरेको (आय) प्रमाणपत्र
आय भएका सबै परिवारका सदस्यहरूको
(कामको सिलसिलामा एक्लै जीविकोपार्जन गर्ने बुबा वा आमा, सगोलमा बस्ने व्यक्तिहरु समेत)
※<आवश्यक कागजातहरूको विस्तृत विवरण> ① सन्दर्भ सामाग्री
चालु आर्थिक वर्षको जुन 1 तारिख देखि अर्को वर्षको जुलाई 31 तारिख सम्म ・आर्थिक वर्ष 2024 को लागि नगरपालिका कर प्रमाणपत्र पेश गरेको खण्डमा ➡ 2025 सालको अप्रिल देखि जुलाई 31 तारिख सम्मको रकम छुट वा मिनाह लागू अवधि हुने छ
・आर्थिक वर्ष 2025 को नगरपालिका कर प्रमाणपत्र (2025 साल जुन 2 तारिख देखि जारी सम्भव) पेश गरेको खण्डमा ➡ 2025 साल जुन 1 तारिख देखि 2026 साल अगष्ट 31 तारिख सम्म छुट वा मिनाहको अवधि हुने छ
सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र
※<आवश्यक कागजातहरूको विस्तृत विवरण> ① सन्दर्भ सामाग्री
जारी मिति परेको आर्थिक वर्षको अप्रिल 1 देखि मार्च 31 सम्म ・प्रयोग गरेको मिति परेको आर्थिक वर्षमा जारी भएको कागजात (जारी मितिको समयमा लागू अवधि "निरन्तरता") भएको कुरा
बिदाको दिन / रात्रीकालिन उपचार अनुरोध-पत्र
※<आवश्यक कागजातहरूको विस्तृत विवरण> ③ सन्दर्भ सामाग्री
चालु आर्थिक वर्षको अप्रिल 1 तारिख देखि मार्च 31 तारिख सम्म ・प्रयोग मिति अनुरोध फारामको बहाल म्याद भित्र हुनुपर्छ
घर परिवार वर्गीकरण नगरपालिका कर मिनाह परिवार
आवश्यक कागजातहरू नगरपालिका कर तिरेको (आय) प्रमाणपत्र
आय भएका सबै परिवारका सदस्यहरूको
(कामको सिलसिलामा एक्लै जीविकोपार्जन गर्ने बुबा वा आमा, सगोलमा बस्ने व्यक्तिहरु समेत)
※<आवश्यक कागजातहरूको विस्तृत विवरण> ① सन्दर्भ सामाग्री
छुट वा मिनाह लागू अवधि चालु आर्थिक वर्षको जुन 1 तारिख देखि अर्को वर्षको जुलाई 31 तारिख सम्म
ध्यान दिनु पर्ने कुराहरु ・आर्थिक वर्ष 2024 को लागि नगरपालिका कर प्रमाणपत्र पेश गरेको खण्डमा ➡ 2025 सालको अप्रिल देखि जुलाई 31 तारिख सम्मको रकम छुट वा मिनाह लागू अवधि हुने छ
・आर्थिक वर्ष 2025 को नगरपालिका कर प्रमाणपत्र (2025 साल जुन 2 तारिख देखि जारी सम्भव) पेश गरेको खण्डमा ➡ 2025 साल जुन 1 तारिख देखि 2026 साल अगष्ट 31 तारिख सम्म छुट वा मिनाहको अवधि हुने छ
घर परिवार वर्गीकरण सामाजिक सुरक्षा भत्ता लिँदै आएको परिवार
आवश्यक कागजातहरू सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र
※<आवश्यक कागजातहरूको विस्तृत विवरण> ② सन्दर्भ सामाग्री
बिदाको दिन / रात्रीकालिन उपचार अनुरोध-पत्र
※<आवश्यक कागजातहरूको विस्तृत विवरण> ③ सन्दर्भ सामाग्री
छुट वा मिनाह लागू अवधि जारी मिति परेको आर्थिक वर्षको अप्रिल 1 देखि मार्च 31 सम्म चालु आर्थिक वर्षको अप्रिल 1 तारिख देखि मार्च 31 तारिख सम्म
ध्यान दिनु पर्ने कुराहरु ・प्रयोग गरेको मिति परेको आर्थिक वर्षमा जारी भएको कागजात (जारी मितिको समयमा लागू अवधि "निरन्तरता") भएको कुरा ・प्रयोग मिति अनुरोध फारामको बहाल म्याद भित्र हुनुपर्छ

आवश्यक कागजात बारेको विस्तृत विवरण

① नगरपालिका कर (आय) प्रमाणपत्र (नगरपालिका कर, प्रिफेक्चर कर, वन तथा वातावरण करको प्रमाणपत्र)

■ प्राप्त गर्ने तरिका

  • नगर कर कार्यालय, वडा कार्यालय, शाखा वडा कार्यालय आदिमा माग गर्न सकिन्छ। विस्तृत विवरणका लागि तलको लिङ्कबाट हेर्नुहोस्।
ओसाका नगर : नगरपालिका करसँग सम्बन्धित प्रमाणपत्र माग गर्नेहरूका लागि
  • जनवरी 1 तारिखको समयमा, बसोबास गरेको पालिका कार्यालयद्वारा जारी हुने भएकोले, बसाइ सरेर आएका व्यक्ति भए, पहिला बसोबास गरेको पालिका कार्यालयमा गएर माग गर्नु पर्छ। (अन्य शहरबाट जारी भएको प्रमाणपत्र भएपनि, नगरपालिका कर मिनाह भएको कुरा यकिन गर्न सकेको खण्डमा, उक्त प्रमाणपत्र पनि प्रयोग गर्न सकिन्छ)
  • चालु आर्थिक वर्षको कर प्रमाणपत्र, जुन 1 तारिख (शनिवार र आइतवार परेको खण्डमा, कार्यालय खुल्ने दिन) बाट जारी सम्भव छ। (उदाहरणको लागि : आर्थिक वर्ष 2024 को प्रमाणपत्र, 2024 साल जुन 1 तारिखबाट जारी सम्भव छ।)

■ प्रमाणको रूपमा बहाल अवधि

  • एक पटक बहाल अवधि भएको प्रमाणपत्र पेश गरेमा, जुलाई 31 तारिख भित्र प्रयोग गर्ने भए, प्रमाणपत्र पुनः पेश गर्नु पर्दैन। (उदाहरणको लागि : 2024 साल अगष्ट महिनामा पेस गरिएको खण्डमा, 2025 साल जुलाई 31 तारिख सम्म पेस गर्नु आवश्यक छैन।)
  • यद्यपि, चालू आर्थिक वर्षको बीचमा नगरपालिका कर मिनाहबाट कर तिर्नु पर्नेमा परिवर्तन भएको खण्डमा, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गरी सो कुराको जानकारी दिनुहोस्।

■ प्रमाणपत्रको नमूना (ओसाका नगरको प्रमाणपत्र)

②सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र

■ प्राप्त गर्ने तरिका

  • तपाईंको निवास रहेको वडाको स्वास्थ्य तथा कल्याण केन्द्रमा सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र जारी गराइ पाउँ भनि माग निवेदन दिनुहोस्।
  • परिवारका सवै सदस्यहरुको नाम र जन्म मिति उल्लेखित प्रमाणपत्र माग्नुहोस्।

■ प्रमाणको रूपमा बहाल अवधि

  • एक पटक बहाल अवधि भएको सामाजिक सुरक्षा भत्ता लागू प्रमाणपत्र पेश गरेमा, सो आर्थिक वर्ष भित्र प्रयोग गर्ने भए, प्रमाणपत्र पुनः पेश गर्नु पर्दैन। आर्थिक वर्ष परिवर्तन भए पछि, पुनः पेश गर्नु आवश्यक छ।

③बिदाको दिन / रात्रीकालिन उपचार अनुरोध-पत्र

■ प्राप्त गर्ने तरिका

  • तपाईंको निवास रहेको वडाको स्वास्थ्य तथा कल्याण केन्द्रबाट जारी हुन्छ।

■ प्रमाणको रूपमा बहाल अवधि

  • एक पटक बहाल अवधि भएको बिदाको दिन/ रात्रीकालिन चिकित्सा उपचार अनुरोध-पत्र पेश गरेमा, सो आर्थिक वर्ष भित्र प्रयोग गर्ने भए, प्रमाणपत्र पुनः पेश गर्नु पर्दैन। आर्थिक वर्ष परिवर्तन भए पछि, पुनः पेश गर्नु आवश्यक छ।