मेन्यू
0~2 वर्षको बच्चाのいるすべてのご家庭へ 子育て応援ヘルパー

यस प्रणालीको बारेमा

令和7年4月開始予定 大阪市子育て応援ヘルパーとは 令和7年4月開始予定 大阪市子育て応援ヘルパーとは

0 वर्ष देखि 2 वर्ष उमेरका बालबच्चाहरुको पालनपोषण गरिरहेका सम्पूर्ण परिवारले प्रयोग गर्न सकिने, घरायसी कामकाज / बालबच्चा हेरचाहको लागि घरमा आएर सहयोग गर्ने सर्भिस हो।

सूचनाको पर्चाको लागि यहाँ (PDF)
घरायसी कामकाजमा सहयोग मेन्यू ● खानेकुरा तयारी तथा सरसफाइ
● लत्ताकपडा धुने
● कोठाको सरसफाइ / चिटिक्क मिलाउने आदि
बालबच्चा हेरचाह सहयोग मेन्यू ● दूध खुवाउने / शिशु आहार खुवाउने कार्यमा सघाउने
● डायपर फेर्ने
● नुहाउन सघाउने
● दाजुभाइ, दिदीबहिनीलाई शिशु स्याहार केन्द्र (होइकुएन) मा पुर्‍याउने, लिन जाने आदि

लक्षित व्यक्ति

ओसाका नगर भित्र बसोबास गर्ने 0 वर्ष देखि 2 वर्ष उमेरका बालबालिकाको पालनपोषण गरिरहेका सम्पूर्ण परिवार

प्रयोग गर्न सक्ने समय

8:00~20:00
प्रयोग गर्न सक्ने 1 दिनमा 1 पटक, 1 पटकमा 2 घण्टा, 3 घण्टा, 4 घण्टा मध्ये कुनै एक
सोमवार देखि आइतवार सम्म〈नयाँ वर्षको बिदा (डिसेम्बर 29 देखि जनवरी 3 तारिख सम्म) बाहेक〉

सेवा शुल्क

1 घण्टाको 1500 येन
सामाजिक सुरक्षा भत्ता (सेइखाचुहोगो) लिँदै आएको परिवार, नगरपालिका कर मिनाह परिवारको हकमा, छुट वा मिनाहको लागि निवेदन दिएमा निःशुल्क हुने

प्रयोग गर्न सक्ने समय (घण्टा)

0 वर्ष जन्मेको दिन देखि 1 वर्ष भन्दा मुनीको बच्चा कूल 40 घण्टा
1 वर्ष 1 वर्ष देखि 2 वर्ष भन्दा मुनी कूल 20 घण्टा
2 वर्षको बच्चा 2 वर्ष देखि 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च महिनाको 31 तारिख सम्म कूल 20 घण्टा
0 वर्ष जन्मेको दिन देखि 1 वर्ष भन्दा मुनीको बच्चा
कूल 40 घण्टा
1 वर्ष 1 वर्ष देखि 2 वर्ष भन्दा मुनी
कूल 20 घण्टा
2 वर्षको बच्चा 2 वर्ष देखि 3 वर्षको जन्मदिन सकिए पछिको पहिलो मार्च महिनाको 31 तारिख सम्म
कूल 20 घण्टा

लक्षित बालबालिकाहरु एक भन्दा बढी भएका परिवारको हकमा, प्रत्येक बालबालिकाले प्रयोग गरेको समयलाई जोडेर आएको कूल समय (घण्टा) को रुपमा गणना गरिने छ।

प्रयोग गर्ने तरिकाको लागि यहाँ

सोधपुछको लागि सम्पर्क

प्रायः सोधिने प्रश्नहरुको लागि यहाँ

※WEBबाट निवेदन दिन नसक्ने व्यक्तिले, ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालयमा सम्पर्क गरी सोधपुछ गर्नुहोस्।

ओसाका नगरको बालबालिका पालनपोषणमा सहयोग गर्ने हेल्परको सचिवालय
फोन 06-6476-8061

खुल्ने समय 9:00~17:30 (आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा डिसेम्बर 29 देखि जनवरी 3 तारिख सम्मको दिन बाहेक)
ठेक्का दिएको कम्पनीको नाम, NTT मार्केटिङ्ग एक्ट ProCX

सोधपुछ फारामको लागि यहाँ